

‘बिस्ताराले पोल्यो’ तीज गीत विवादमा परेपछि शान्तिश्रीले मागिन् माफी

काठमाडौँ । गायिका शान्तीश्री परियारले आफूले गाएको गीत विवादमा परेपछि माफी मागेकी छन्।
‘बिस्ताराले पोल्यो’ बोलको तीज गीतबारे चर्को आलोचना भएपछि उनले एक विज्ञप्ति निकाल्दै माफी मागेकी हुन्।
‘गीत गायनकै क्रममा हरि गिरी विमर्शी युट्युब च्यानलबाट मिति २०८१ श्रावण ११ गते प्रशारित ‘बिस्ताराले पोल्यो’ भन्ने गीतमा मेरो आवाज छ। सो गीत तीज विशेष, लोक वा दोहोरी कुनै पनि विधा अन्तर्गतको नभए तापनि उक्त गीतको भिडिओका केही दृश्यका कारण दर्शक, स्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्ष्यमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालहरूमा धेरै नकारात्मक टिकाटिप्पणी आइरहेको हुँदा म लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठाप्रति र आदरणीय शुभचिन्तकहरूप्रति आँच पुग्न गएको आभास भएको हुँदा क्षमाप्रार्थी छु,’ लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा विज्ञप्तिमा उल्लेख छ।
साथै शान्तिश्रीले आगामी दिनमा शब्द-संगीत छनोट गरी गाउने वाचासमेत गरेकी छन्।

