

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका छन्। जेनजी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएपछि उनले पद त्याग गरेका हुन्।
कांग्रेस पदाधिकारीहरूको आकस्मिक बैठकमा लेखकले आन्दोलनमा भएको जनधनको क्षति उल्लेख गर्दै नैतिक आधारमा पदमा बसिरहन नसक्ने स्पष्ट पारेका थिए। त्यसपछि उनले औपचारिक रूपमा प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन्।
आन्दोलन चर्किएपछि विभिन्न राजनीतिक दलहरूले गृहमन्त्रीसँगै प्रधानमन्त्रीको पनि राजीनामा माग गर्दै आएका छन्।

