

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, महत्वपूर्ण विधेयक र प्रस्तावमाथि छलफल

काठमाडौं — प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ।
आजको बैठकको मुख्य आकर्षण प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर हुनेछ, जहाँ सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री स्वयंले जवाफ दिने कार्यसूची छ।
यसैगरी, सभामुख देवराज घिमिरेले ‘राष्ट्रिय सभाबाट उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठन (WTO) को मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूचीमा समावेश छ।

