

ठमेलबाट २ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । ठमेलबाट दुई किलो सुन र २४ लाख रुपैयाँ नगदसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन निवासी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन्।
प्रहरीले सोमबार साँझ ज्याठास्थित ‘चिनियाँ नाम’ भएको एक होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
हाल उनीहरूविरुद्ध थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

