

विदेशबाट पैसा पठाउनेले भोट पनि हाल्न पाउनुपर्छ : रन्जु दर्शना

काठमाडौं । विवेकशील साझा पार्टीकी महासचिव रन्जु दर्शना (रन्जु दर्शनाले) ले २०८४ सालको निर्वाचनमा विदेशबाट रेमिट्यान्स पठाउने नेपाली नागरिकलाई भोट हाल्न पाउने व्यवस्था गर्नु सरकारको प्रमुख जिम्मेवारी हुनुपर्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले लेखेकी छन्,
‘नोट चल्छ भने भोट पनि चल्नुपर्छ, नो इफ, नो बट!’
https://www.facebook.com/share/p/1FC2kqe1Ai/
उनको भनाइ अनुसार, विदेशमा रहेर मुलुकलाई आर्थिक रुपमा टेवा दिने नागरिकले लोकतान्त्रिक अधिकार प्रयोग गर्न नपाउनु अन्याय हो, र यो खालको प्रावधान कार्यान्वयन गर्नु अहिलेको सरकारको तत्कालीन प्राथमिकता हुनुपर्छ।

