

प्रधानमन्त्रीको आग्रह : सुरक्षित स्थानमा बस्नू, सुरक्षा संयन्त्र तयारी अवस्थामा राख्न निर्देशन

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न भू-भागमा भारी वर्षा हुने सम्भावना रहेको छ। कोसी, बागमती, र गण्डकी प्रदेशलगायतका पहाडी भू-भागमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा वा हिमपात हुनसक्ने सम्भावना छ।
रातिको समय विशेष सावधानी अपनाउनुपर्ने बताइएको छ। गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, साथै अन्य प्रदेशका केही भागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। यी प्रदेशका केही भागहरूमा भने भारी वर्षा को पनि सम्भावना रहेको छ।
मौसम विज्ञहरूले दिएको वर्षा मापनको मापदण्ड यस्ता छन्:
१० मिमि.भन्दा कम : हल्का वर्षा
१०–५० मिमि. : मध्यम वर्षा
५०–१०० मिमि. : भारी वर्षा
१००–२०० मिमि. : धेरै भारी वर्षा
२०० मिमि.भन्दा बढी : अति भारी वर्षा
वर्षा फैलावटको आधारमा क्षेत्र विभाजन:
१०% भन्दा कम क्षेत्रमा वर्षा देखिएमा – एक-दुई स्थानमा वर्षा
१०%–३०% क्षेत्रमा – थोरै स्थानमा वर्षा
३०%–५०% क्षेत्रमा – केही स्थानमा वर्षा
५०%–८०% क्षेत्रमा – धेरै स्थानमा वर्षा
८०% भन्दा बढी क्षेत्रमा – अधिकांश स्थानमा वर्षा
प्रधानमन्त्रीले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आह्वान गर्दै सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्। साथै, सुरक्षाकर्मी तथा विपद् व्यवस्थापन निकायहरूलाई उच्च तयारीमा रहन निर्देशन दिइएको छ।

