

एसईईमा उतिर्ण १९ जनालाई प्रदिप श्रेष्ठले दिए ९५ हजार पुरस्का

काठमाडौ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका -४ हिमागंगामा रहेको श्री रेणुका देवी माविका १९ जना एसईई उतिर्ण विद्यार्थीलाई प्रदीप श्रेष्ठले ९५ हजार पुरस्कार दिएका छन् । हाल अमेरिकामा रहेका श्रेष्ठले एसईई २०८१ मा उतीर्ण विद्यार्थीलाई जनही ५ हजारका दरले १९ जना विद्यार्थीलाई प्रोत्साहन स्वरूप ९५ हजार वितरण गरेको जानकारी दिए । श्रेष्ठ उक्त विद्यालयको पूर्व विद्यार्थीसमेत हुन्।
आफुले घोषणा गरे अनुसार नगद पुरस्कारसहित सम्मान पत्र समेत दिएको उनको भनाइ छ । उनले आफ्नो अनुपस्थिति हजुरबा देविदास नेवार हजुरआमा सेती माया नेवारको हातबाट पुरस्कार र सम्मान पत्र वितरण गरिएको जनाकारी दिए ।
विद्यालयले मङ्गलबार एक समारोह समेत आयोजना गरेर पुरस्कार वितरण गरेको हो। पुरस्कार वितरण समारोहमा वडाध्यक्ष कृपा मगर, वडा सदस्य रोजकुमार श्रेष्ठ उपस्थित थिए । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रत्न नेवार, अभिभावक समितिका अध्यक्ष लगायत अन्य अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
यसै कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्यापक निमबहादुर श्रेष्ठले २८ हजार नगद पुरस्कार वितरण गरे। शिक्षक निम बहादुरले सबैभन्दा बढी जिपिए ल्याउनेलाई ५ हजार दोस्रोेलाई ४ हजार र तेस्रो जीपिए ल्याउनेलाई ३ हजार नगद पुरस्कार दिए । त्यस्तै अन्य उत्तीर्ण विद्यार्थीलाई जनही १ हजार नगद पुरस्कार दिए ।
यस्तै कार्यक्रममा भेषराज स्मृति नव परिवर्तनशील संस्थाले पनि विद्यार्थीलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार वितरण गरे । संस्थाको तर्फबाट सबैभन्दा बढी जिपिए ल्याउनेलाई २ हजार दोस्रोलाई १ हजार ५ सय र तृतीय १ हजार पुरस्कार दिए । संस्थाले बाँकी उत्तिर्ण विद्यार्थीहरूलाई जनही ५ सयको दरले १२५०० पुरस्कार वितरण गरे।
यसै क्रार्यक्रमको सन्दर्भमा विद्यालयले सञ्चालन गरेको रेणुका देवी मावि जन्म उत्सव कोषबाट सबै विद्यार्थीहरूलाई ५००को दरले ९ हजार ५०० पुरस्कार वितरण गरेको विद्यालयका सहायक प्रधानाध्यापक हिमा कुमार श्रेष्ठले जानकारी दिए ।
प्रदीप श्रेष्ठले २०८२ सालको एसईई उतीर्ण विद्यार्थीलाई पनि प्रोत्साहन स्वरूप नगद पुरस्कार र सम्मान गर्ने घोषणा गरेका छन् । उनले सबैभन्दा बढी जिपिए ल्याउनेलाई १० हजार, दोस्रोलाई ५ हजार, तेस्रोलाई ३ र चौथोलाई २ हजार दिने बताए । बाँकीलाई उतीर्णले जनही १ हजार नगद र सम्मान पत्र पाउने छन् ।

