

आजको सम्भावित बाढी : काठमाडौंसहित ३७ जिल्लामा ‘एल्लो अलर्ट’ जारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज सोमबारको लागि देशका ३७ जिल्लामा बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। ती जिल्लाहरूमा ‘एल्लो अलर्ट’ (Yellow Alert) जारी गरिएको छ।
महाशाखाका अनुसार बिहान गरिएको मापनमा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहेको छ। तर दिउँसो ती नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ।
विशेष गरी ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर लगायत आसपासका ससाना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ।
त्यस्तै, इलाम, झापा, पाँचथर, तेह्रथुम, भोजपुर, ओखलढुंगा, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ, जाजरकोट, कालिकोट, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुलालगायत जिल्लाका ससाना नदीहरूमा पनि बाढीको मध्यम खतरा रहने प्रक्षेपण गरिएको छ।
महाशाखाले स्थानीय बासिन्दालाई सतर्क रहन, नदी किनार क्षेत्रमा सतर्कता अपनाउन र सम्भव भए सुरक्षित स्थानमा सर्ने सल्लाह दिएको छ।

