

माधव नेपालको पतञ्जलि प्रकरणमा विशेष अदालतको इजलास २ मा सुनुवाइ सुरु, न्यायाधीशहरूको टोली यस्तो छ

काठमाडौं, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणसम्बन्धी मुद्दा विशेष अदालतको इजलास नम्बर २ मा पुगेको छ।
उक्त इजलासमा विशेष अदालतका तीनजना न्यायाधीश — तेजनारायण सिंह राई, रामबहादुर थापा, र विदुर कोइरालाको संयुक्त इजलासले सुनुवाइ गर्ने भएको छ।
नेपालले यसअघि अदालतमा स्वयं उपस्थित भई बयान दिन पाउने मागसहित निवेदन दर्ता गराएका थिए। सोही अनुरूप आज विशेष अदालतमा उनको मुद्दाको पेसी तोकिएको हो। कानुन व्यवसायीहरूले जानकारी दिएअनुसार बयान प्रक्रिया बुधबारदेखि सुरु भई छिटो टुंग्याउने योजना बनाइएको छ।

