

‘किसानको पौरख हाम्रो गौरव’ — फस्ट च्वाइस फुड्सको नयाँ उत्पादन सार्वजनिक!

काठमाडौं । आज फस्ट च्वाइस फुड्स प्रा.लिले सञ्चालन गरेको ‘किसानको पौरख हाम्रो गौरव’ भन्ने मूल नाराका साथ हिमालयन होटलमा कार्यक्रम सम्पन्न गरेको छ ।
स्वदेशी उत्पादन, गुणस्तरलाई सफलताका साथ हिमालयन होटलमा आज विभिन्न कार्यक्रम आयोजना गर्दै नयाँ चिप्सको प्रोडक्ट लञ्च गरेको हो । कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
अहिले नेपालमा उद्योग, व्यवसायीहरुको अवस्था दिनप्रतिदिन खस्कदो रहेकोले नेपालमै यस्ता खालको उद्योगहरु सञ्चालन गर्दा थप हौसला प्रदान हुने जनाइएको छ । यति मात्र नभई स्वदेशी स्तरको प्रोडक्टलाई अन्तर्राष्ट्रिय स्तरसम्म ब्रान्डिङ्ग गर्ने भावि योजना पनि रहेको कार्यक्रममा उल्लेख गरिएको छ । फस्ट च्वाइस फुड्सबाट सकारात्मक कदमले किसानदेखि प्रोडक्ट उपभोग गर्ने ग्राहकहरुलाई पनि सन्तुष्टि मिल्ने विश्वास गरिएको छ ।

