

एकै दिनमा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौँ । सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (जेठ ७ गते बुधबार) सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा उक्लिएको हो।
मंगलबार (जेठ ६ गते) सुन तोलाको १ लाख ८४ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो। सुन एक दिनमै ५ हजार महँगो भएको हो।
सोमबार पनि सुन मंगलबारकै भाउमा किनबेच भएको थियो। आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ थियो।
त्यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो।
गत वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो।
यसैबीच आज चाँदीको मूल्य पनि केही बढेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

