

जेनेक्स ट्राभल्सका चिरञ्जीबी खनाल सहित ३ जना ठगी मुद्दामा फरार, पक्राउ पुर्जी जारी

काठमाडौं । का.म.न.पा वडा नं, ०७ चाबहीलमा अवस्थित Genx Travel Solution pvt. Ltd को सञ्चालक चिरञ्जीबी खनाल, प्रकाश श्रेष्ठ र Genx Travel Solution pvt. Ltd कै अर्का सञ्चालक बिरेन्दध्वज बस्नेत रकम ठगी गरि फरार भएका छन् । उनीहरुलाई फरार सूचिमै राखेर प्रहरी बृत्त सोह्रखुट्टे कार्यालय काठमाडौंले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदनको आधारमा पक्राउ गर्नको लागी जिल्ला अदालत काठमाडौले पक्राउ पुर्जी समेत जारी गरिसकेको अवस्थामा उनिहरु हालसम्म फरार रहेको प्रहरीले बताएको छ ।
निज प्रतिबादीहरुले ठगी गरेको भन्दै पीडित जिल्ला काठमाडौं का.म.न.पा वडा नं, १६ मा अवस्थित (Gracie Holidays Pvt. Ltd) कम्पनीले दिएको जाहेरीका आधारमा उनीहरु विरुद्ध पक्राउ पुर्जी समेत जारी भएको हो । पक्राउ पूर्जि जारी भएपनि हालसम्म फरार रहेको प्रहरी बृत्त सोह्रखुट्टे ले जानकरी दिएको छ । निज प्रतिबादीहरुले बिभिन्न प्रयोजनको लागी चलाएको रकम बैंक खाताबाट भुक्तानि लिनु भनि कम्पनिको नाममा कायम रहेको एनएमबि बैंकको खाता भुक्तानी हुने गरी कम्पनिको नाम राखी ०२ थान चेक काटी दिएका थिए ।
उक्त चेकमा किटान भएको मिति पश्चात भुक्तानीको लागी कम्पनिको खाता रहेको माछापुच्छे बैंकको खुशिबु शाखामा पटक पटक Nepal Clearing house को पक्रिया मार्फत उक्त चेकमा किटान भएको रकम ट्रान्सफर गरी पाँउ भनि पेश गर्दा निज विपक्षीले दिएको चेकको खातामा पर्याप्त रकम नभएको (insufficient fund/Second signature Required ) कारणले रकम ट्रान्सफर नहुने भनि बैकले ३ (तीन) पटक सम्म बाउन्स गरी फिर्ता गरे पछि निज विपक्षीलाई पटक पटक सम्पर्क गरी निजले दिएको चेक बाउन्स भएको कुरा अवगत गराउदा बिभिन्न बाहाना बनाई टाढिन खोज्ने तथा रकम माग गर्दा सम्पर्कामा आउन नचाहेको र आज भोलीमा दिन्छु भन्दै आई निजले काटी दिएको चेक महिनौ भई सक्दा पनि रकम फिर्ता गर्न आनाकानी गरेको र भुक्तानी लिनु फरक पर्दैन भन्ने विश्वास दिलाई यसरी जानी जानी खाता मा पर्याप्त रकम नभएको चेक काटी दिई ठगी गरेको भन्दै निज चिरञ्जीबी खनाल अन्य दुई जना बिरुद्ध कम्पनिले प्रहरीमा जाहेरी दिएको थियो ।
धेरै समय ताकेता गर्दा समेत सम्पर्कमा आउन नचाहेपछी विभिन्न मितिको बाउन्स भएको चेकसहित सञ्चालक निज चिरञ्जीबी खनाल सहितका प्रतिबादीहरु बिरुद्ध पीडितले दिएको जाहेरी दर्ता भएको थियो । सोही आधारमा प्रहरीले ठगी मुद्दा चलाएको हो । करिब डेढ महिना अगाडी अर्थात २०८१ चैत्र १ठ गते जाहेरी दर्ता भएको थियो । जिल्ला अदालत काठमाडौंले २०८२ बैखाख २८ गते पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरी बृत्त सोह्र खुट्टे र प्रहरी बृत्त मालिगाँउका अुनसार निज प्रतिबादीहरु हालसम्म फरार रहेका छन् ।

