

अरुण गाउँपालिका ७ सिक्ररेटारमा ‘पूर्ण खोप सुनिश्चितता तथा वडादिकोपना घोषणा कार्यक्रम’ सम्पन्न

भोजपुर । भोजपुरको पुर्वी अरुण गाउँपालिकाको वाड नम्बर ७ सिक्ररेटारमा पूर्ण खोप सुनिश्चितता तथा वडादिकोपना घोषणा कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। सार्वजनिक स्वास्थ्यमा महत्वपूर्ण मानिएको यो कार्यक्रम गाउँपालिकाको सक्रियतामा आयोजना गरिएको वाडका वडा अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि गाउँपालिकाका कार्यपालिका सदस्य ललितकुमार राई तथा वडा सदस्य जितबहादुर राई रहेका थिए। साथै, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, महिला स्वास्थ्य स्वयंसेविका, तथा स्वास्थ्य व्यवस्थापन समितिका सम्पूर्ण सदस्यहरूको गरिमामय उपस्थिति कार्यक्रमको विशेष आकर्षण बनेको थियो।
कार्यक्रमलाई सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविका, वडा क्षेत्रका सम्पूर्ण स्वास्थ्यकर्मी, सम्बन्धित संस्थाका प्रतिनिधिहरू, गाउँपालिकाको स्वास्थ्य शाखा, कर्मचारीहरू तथा जनप्रतिनिधिहरूले आ–आफ्नो तर्फबाट उल्लेखनीय सहयोग पुर्याएको वडाध्यक्ष थापाले बताए।
गाउँपालिकाका स्वास्थ्य शाखाले जनस्वास्थ्यको सुनिश्चितताका लागि यस कार्यक्रमलाई एक महत्वपूर्ण पाइला मानेको छ। साथै, यस्ता कार्यक्रमहरूले समुदायमा स्वास्थ्यप्रतिको चेतना अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

