

न्यायाधीश नवराज दाहालको इजलासमा रविको सुनवाई हुदै

काठमार्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा पेश गरिएको छ ।
न्यायाधीश नवराज दाहालको इजलासमा म्याद थप बारे अहिले बहस भइरहेको छ । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, अधिवक्ता
डा।नारायणदत्त कडेल, सुवास आचार्य, नारायण घिमिरे लगायतले बहस गर्दै छन् ।
लामिछानेलाई शुक्रबारबाट गणना हुने गरी पहिलो पटक ५ दिन हिरासतमा राख्न अनुमति मागिएको छ।

