

बागलुङमा ६ वर्षीय छोरालाई भीरबाट फालेर हत्या गर्ने बुबा पक्राउ

काठमाडौं । बागलुङमा ६ वर्षीय छोरालाई भीरबाट फालेर बुबाले हत्या गरेका छन् ।
बागलुङको ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा फलेर हत्या गरेका छन् । अभियुक्तले गएराति ६ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए ।
बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी परिचालन गरी खोलाबाट बालकको शव बरामद गरेको प्रहरी कार्यलय बागलुङले जनाएको छ ।

