

पर्यटन प्रवर्द्धन गर्न भोजपुरमा बृहत् हतुवागढी महोत्सव हुने

काठमाडौं। भोजपुर जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित हतुवागढीमा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गरीएको छ ।
स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ गते देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ ।
हतुवागढी गाउँपालिका र जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले रु तीस लाख बजेट विनियोजन गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए।
महोत्सवका क्रममा एक सय ५३ मिटर उचाइमा रहेको जिल्लाको सबैभन्दा होचोस्थल माइबेँनीबाट एक हजार आठ सय ६५ मिटर उचाइ रहेको सङखाम जोरआहाल हुँदै घोडेटार बजारसम्म २६ किलोमिटर दौड प्रतियोगिताको आयोजना समेत गरेको अध्यक्ष राईले युथ फ्रंटलाइन अनलाइन डट कम लाई जानकारी दिए हुन ।
कृषिका साथै मारुनी, स्यामुना सिली, लाखे, हुर्रा, डम्फु नाच र वाद्यवादन यन्त्रको प्रदर्शनी हुने जानकारी अध्यक्ष राईले दिए ।

