

सुशीला कार्कीको भनाइ– “राष्ट्र हितका लागि काम गर्न तयार छु”

काठमाडौं । नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेन–जेड युवाले प्रस्ताव गरेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफू राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताएकी छन्।
भारतीय टेलिभिजन च्यानल न्यूज १८ लाई दिएको प्रतिक्रियामा ७१ वर्षीया कार्कीले नेपाली युवाले आफूमा देखाएको विश्वासप्रति कृतज्ञता प्रकट गरिन्। उनले भनिन्, “जेन–जेड समूहले मलाई छोटो अवधिको लागि सरकारको नेतृत्व गर्ने जिम्मा दिन विश्वास गरेको छ, म राष्ट्र हितमा काम गर्न तयार छु।”
पूर्वप्रधानन्यायाधीश कार्कीलाई जेन–जेड युवाहरुले नेपालमा स्थायी समाधान र राष्ट्रिय सहमति कायम गर्न अन्तरिम सरकारको नेतृत्व गर्न अघि सारेका छन्।

