

अरुण गाउँपालिका–४ चरम्वीमा नवनिर्मित स्वास्थ्य चौकी भवन उद्घाटन

भोजपुर । भोजपुर जिल्लाको अरुण गाउँपालिका–४ चरम्वीमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । वडा कार्यालय चरम्वीको आयोजनामा सम्पन्न विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष शालिकराम खत्री प्रमुख अतिथिको उपस्थितिमा भवन उद्घाटन गरिएको हो ।
उद्घाटनसँगै स्वास्थ्य चौकीले सेवा सुचारु गरेको छ । कार्यक्रममा अरुण गाउँपालिकाका निवर्तमान अध्यक्ष, उपाध्यक्ष, विषयगत शाखा प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा पालिका वासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष खत्रीले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै गाउँपालिका स्थानीय नागरिकको आवश्यकता पूरा गर्न निरन्तर सक्रिय रहेको जानकारी दिनुभयो ।
त्यस्तै, स्थानीय रैकर वालापा युवा सेवा समाज समितिले विकास निर्माणको सम्मानार्थ पञ्चेबाजा बजाएर कार्यक्रमलाई स्वागत गरेको थियो । यसले समारोहलाई अझै भव्य र आकर्षक बनाएको सहभागीहरूले बताएका छन् ।

