

श्रीकृष्ण जन्माष्टमीमा प्रधानमन्त्री ओलीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले श्रीकृष्णले देखाएको कर्म, ज्ञान र प्रेम (भक्ति) को बाटोमा अघि बढ्न सबैलाई आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले लेखेका छन्, “हार्दिक शुभकामना ! आज कृष्ण जन्माष्टमीको अवसरमा श्रीकृष्णले देखाएको कर्म, ज्ञान र भक्ति–प्रेमको मार्गले सबैको जीवन उज्यालो बनाओस्।”

