

ललितपुर शिक्षाको हब भएको प्रमाणितः प्रमुख महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाले यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा ४ जिपिए प्राप्त गर्ने महानगरभित्रका विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले सामुदायिक विद्यालयका ४ जिपिए हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्दै ललितपुर शिक्षाको हब भएको नौ फरक माध्यमबाट प्रमाणित भएको बताए।
उनका अनुसार यस वर्ष ललितपुर महानगरमा ९१.५ प्रतिशत विद्यार्थी एसईईमा सफल भएका छन्। उनले यो उपलब्धिका लागि सम्पूर्ण विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई धन्यवाद दिँदै, सुरुमा देशभर ४० जनामात्र ४ जिपिए ल्याउने भए पनि अहिले ललितपुरमा उल्लेखनीय प्रगति भएको उल्लेख गरे।

