

अपाङ्गता भएक्तिका व्यहरूलाई प्लास्टिक ट्याङ्की वितरण — सामाजिक समावेशिता र सशक्तिकरणमा अरुण गाउँपालिकाको पहल

भोजपुर । भोजपुरको अरुण गाउँपालिका अन्तर्गत वडा नं. १, २, ३, ६ र ७ मा “ग” तथा “घ” वर्गमा वर्गीकृत फरक क्षमता अपाङ्गता भएका व्यक्तिहरूलाई प्लास्टिक (हिलट्याङ्की)वितरण कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक समावेशिता र लक्षित वर्गको सशक्तिकरणका लागि आयोजना गरिएको यस कार्यक्रममा गाउँपालिका अध्यक्ष शालिकराम खत्री, उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, सम्बन्धित वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडासदस्यहरू, कर्मचारीहरू तथा लाभग्राहीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले “अपाङ्गता भएका नागरिकहरूप्रति हाम्रो जिम्मेवारीलाई व्यवहारमा उतार्दै गाउँपालिकाले उनीहरूको दैनिक जीवन सहज बनाउन यो कार्यक्रम संचालन गरेको हो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जान्छौं।”
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले भन्नुभयो, “सामाजिक समावेशिता सुनिश्चित गर्दै अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मान अभिवृद्धि गर्ने यो कार्यक्रम हाम्रो संस्थागत प्रतिबद्धताको प्रतीक हो।”
गाउँपालिकाको यो प्रयासले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापनमा सहजता ल्याउने विश्वास गरिएको छ। उनीहरूको सम्मान र आत्मबल अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित यस्तो कार्यक्रमले सकारात्मक सामाजिक सन्देश दिएको छ।
यसै क्रममा बाँकी वडा नं.४ र ५ का लाभग्राहीलाई आगामी साउन २३ गते शुक्रबार बिहान ११ बजे वडा नं. ४ कार्यालय, चरम्बी र वडा नं.५ कार्यालय, याकूमा वितरण गरिने कार्यक्रम तय भएको छ। उक्त कार्यक्रममा सबै सरोकारवालाहरुलाई समयमै उपस्थित भई कार्यक्रम सफल बनाउन सादर अनुरोध समेत गरिएको छ।

