

मन्त्रिपरिषद्को बैठकबाट १० निर्णयहरू सार्वजनिक

काठमाडौं — मन्त्रिपरिषद्को पछिल्लो बैठकबाट भएका १० वटा निर्णयहरू सार्वजनिक गरिएको छ। बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थीलाई भुटान भ्रमणको अनुमति दिने, विश्व बैंकले प्रस्ताव गरेको १० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने, तथा गृह मन्त्री रामनाथ अधिकारीलाई इथियोपिया भ्रमणको स्वीकृति दिने जस्ता निर्णयहरू गरेको छ।

