

कम्युनिष्ट आन्दोलन अझै जीवित छ, निराश हुनु आवश्यक छैन : माधवकुमार नेपाल

काठमाडौं — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै उज्वल रहेको भन्दै निराश नहुन कार्यकर्तालाई आग्रह गरेका छन्।
बुधवार कीर्तिपुरमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवस कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले चुनौतिहरूका बाबजुद पनि सही मार्गदर्शन र उद्देश्यसहित अघि बढेमा आन्दोलन सफल हुने विश्वास व्यक्त गरे।
“चुनौती आउँछन् भनेर निराश हुनुपर्ने छैन,” उनले भने, “सही विचार र मार्गदर्शनको माध्यमबाट अघि बढेमा उपलब्धि हासिल गर्न सकिन्छ।”
उनले पार्टीभित्रका आन्तरिक विषयहरू सार्वजनिक स्थानमा होइन, बैठकमै उठाउनुपर्ने सुझाब दिए। साथै, पार्टीविरुद्ध निराशाजनक प्रचार गर्ने, अनुशासन उल्लंघन गर्ने, जथाभावी बोल्नेहरूलाई चुप लाग्ने नभई प्रतिवाद हुने चेतावनी पनि दिए।

