

कुलिङ पिरियडमा संसदीय सहमति भइसकेको विषयमा कांग्रेसको समझौता असम्भव : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत रुपमा तय भएको प्रावधानलाई काँग्रेसले कमजोर बनाउन नसक्ने स्पष्ट पारेका छन् ।
बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले उक्त धारणा राखेका हुन्।
उनका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रुपमा प्रतिनिधि सभामा पेश गरिएको संघीय निजामति सेवा विधेयकमा कुलिङ पिरियडको अवधि दुई वर्ष प्रस्ताव गरिएको थियो। तर, संसदले उक्त अवधि हटाएर विधेयक पारित गर्यो।
समितिबाट प्रस्तावित र संसदबाट पारित भएको व्यवस्थाबीच भिन्नता आएपछि हाल विषयलाई अध्ययन गर्न संसदीय छानबिन समिति गठन गरिएको छ।

