

आजबाट एमाले केन्द्रीय कमिटी बैठक सुरु, विधान संशोधन प्रस्तावमाथि छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (आइतबार) बिहान ११ बजेबाट च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु हुँदैछ।
बैठकमा यसअघि सचिवालय र पोलिटब्युरोबाट पारित विधान संशोधन प्रस्तावमाथि विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।
उनका अनुसार विधान संशोधनसहित संगठनात्मक प्रतिवेदन, विधान महाधिवेशनको तयारीलगायत विभिन्न एजेन्डामा छलफल हुनेछ।
प्रस्तावित संशोधनअनुसार ७० वर्षे उमेर सीमा र कार्यकारी पदमा दुई कार्यकालको सिमा हटाइएको छ। साथै, पार्टीमा स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना रहने व्यवस्था प्रस्ताव गरिएको छ।
एमाले केन्द्रीय कमिटीमा हाल ३५७ सदस्य रहने व्यवस्था छ। बैठक असार २१ र २२ गतेसम्म चल्ने कार्यक्रम तय गरिएको गौतमले बताएका छन्।

