

तारकेश्वरको पिपलडाँडामा महिलाको शव झुण्डिएको अवस्थामा फेला

काठमाडौं — काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा खेलमैदानको बारमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ।
वडाध्यक्ष श्यामकृष्ण सापकोटाका अनुसार मृतक महिलाको पहिचान हालसम्म खुलेको छैन।
प्रत्यक्षदर्शीका भनाइ अनुसार ती महिलाले कालो रंगको कपडा, झोला र जुत्ता लगाएकी थिइन्।
घटनास्थलमा प्रहरी र स्थानीयवासीको भीड लागेको छ। तर, वडा सदस्य मोहन खत्रीका अनुसार अहिलेसम्म कसैले पनि ती महिलालाई चिन्न सकेका छैनन्।

