

च्यासलमा प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच वार्ता सुरु

काठमाडौं — नेकपा एमालेको मुख्यालय च्यासलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ।
दिउँसो ३ बजेका लागि तय गरिएको बैठक ओलीको कार्यव्यस्तताका कारण केही ढिलोगरी सुरु भएको हो। दुवै नेताबीचको यो भेटलाई राजनीतिक सन्दर्भमा निकै महत्वपूर्ण रूपमा हेरिएको छ।
हालसम्म भेटको एजेन्डा स्पष्ट गरिएको छैन, तर स्रोतहरूका अनुसार पार्टीभित्रको हालको अवस्था, राष्ट्रिय राजनीति, सम्भावित गठबन्धन, र आगामी राजनीतिक रणनीतिहरू वार्ताको केन्द्रबिन्दुमा हुनसक्ने अनुमान गरिएको छ।
पूर्वराष्ट्रपति भण्डारी एमाले पार्टीसँग निकट सम्बन्धमा रहिआएकी छन् भने अध्यक्ष ओलीसँगको यो भेटपछिको सन्देशले पार्टीको आन्तरिक समीकरणमा प्रभाव पार्ने विश्लेषण गरिँदैछ।
भेटवार्ताको थप विवरण सार्वजनिक भइनसकेको भए पनि यसलाई भावी राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ।

