

२० दिनभित्र शिक्षा ऐन जारी गर्न महासंघको सरकारलाई अल्टिमेटम

काठमाडौं – नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न माग गर्दै सरकारलाई कडा चेतावनी दिएको छ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले २१ साउन २०८२ भित्र ऐन पारित नभए आन्दोलनमा जाने घोषणा गरेको हो।
महासंघले संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भइरहेको विधेयकमाथिको छलफल छिटो टुंग्याई, विगतका सहमति समेटिएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गर्न आग्रह गरेको छ।

