

आईएमई पे र खल्ती एकीकृत भई ‘आईएमई खल्ती लिमिटेड’ को सुरुवात

नेपाली डिजिटल भुक्तानी प्रणालीमा ऐतिहासिक कदमका रूपमा आईएमई पे र खल्ती एकीकृत भई नयाँ कम्पनी आईएमई खल्ती लिमिटेड को सुरुवात गरिएको छ।
खल्तीका अध्यक्ष मनोज कुमार अग्रवालले यो मर्जरलाई नेपालको डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धि सुनिश्चित गर्ने ऐतिहासिक पहल भएको बताए। उनले नयाँ कम्पनीले देशभर वित्तीय पहुँच विस्तार गर्दै “आर्थिक समावेशीकरणको नयाँ युग” प्रारम्भ गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (CEO) विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता अभिवृद्धि र वित्तीय समावेशीकरणका लागि थप योजनाहरू अगाडि बढाइने जानकारी दिए।
दुवै कम्पनीले आज विशेष कार्यक्रमको आयोजना गर्दै मर्जरको औपचारिक घोषणा गर्ने तयारी समेत गरेका छन्।

