

धरानमा एमबीबीएस पढ्दै गरेका रुपन्देहीका सुगम खनाल ११ दिनदेखि सम्पर्कविहीन

धरान — वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत रुपन्देहीका सुगम खनाल ११ दिनदेखि सम्पर्कविहीन भएका छन्।
खनाल असार २० गते होस्टलबाट बाहिर निस्किएको र त्यसयता सम्पर्कमा नआएको बताइएको छ। उनको खोजीमा परिवार र विद्यार्थी कल्याण समाज सक्रिय छन्। उनी बेपत्ता भएको पुष्टि भएपछि समाजले सार्वजनिक अपिल जारी गर्दै उनलाई कतै देखेमा तत्काल जानकारी दिन अनुरोध गरेको छ।
यदि कसैले सुगम खनाललाई देखेमा निम्न फोन नम्बरहरूमध्ये कुनै एकमा वा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न अनुरोध गरिएको छ: ९८४७०६३२२८
९८४७२९५५१४
९८४४४२०५३५

