

प्रचण्ड आज प्रतिनिधिसभामा सम्बोधन गर्दै, माओवादी सांसदलाई अनिवार्य उपस्थितिको आह्वान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।
माओवादी केन्द्रले आफ्ना ३२ जना सांसदहरूलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ। प्रमुख सचेतक हितराज पाण्डेले ‘प्रमुख विपक्षी दल नेताको हैसियतले अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा सम्बोधन गर्न लाग्नुभएको’ भन्दै सबै सांसदहरूलाई सन्देश पठाएका छन्।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि तोकिएको छ। प्रचण्डको सम्बोधनमा हालको राजनीतिक अवस्था, सरकारको कार्यशैलीमाथि आलोचना, र आगामी रणनीति उल्लेख हुने अपेक्षा गरिएको छ।

