

माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा आज शुक्रबार साँझ ६ बजे सार्वजनिक गरिने भएको छ।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक गणेश भट्टराईले केही बेरअघि बसेको परीक्षा बोर्डको बैठकले नतिजा प्रकाशनको तयारी पूरा गरेको जानकारी दिएका छन्।
गत चैत १७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा देशभरबाट चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका थिए।
नतिजा आज साँझदेखि अनलाइन, एसएमएस तथा विभिन्न सेवाहरु मार्फत सार्वजनिक गरिने तयारी छ।
एसईई नतिजा प्रकाशनको तयारी
यस वर्षको एसईई परीक्षामा सहभागी विद्यार्थीहरुको उत्तरपुस्तिका परिक्षण, परिणाम संकलन र प्रमाणपत्र छपाइको काम पूरा भइसकेको जनाइएको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशित भएपछि विद्यार्थीहरुले आफ्नो ग्रेडसिट इन्टरनेटबाट हेर्न सक्नेछन्।
विद्यार्थी, अभिभावक तथा विद्यालयहरुलाई नतिजा हेर्न सजिलो होस् भनेर विभिन्न टेलिकम सेवाप्रदायक र अनलाइन पोर्टलहरुसँग सहकार्य गरिएको बताइएको छ।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा छिटो र पारदर्शी रुपमा सार्वजनिक गर्न आवश्यक सबै प्राविधिक तयारी पूरा भइसकेको जानकारी दिएको छ।

