

बिहीवार फेरि बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पाँचौं दिन बिहीवार सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको हो।
बुधवार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीवार ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँ पुगेको छ। बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको माग उच्च भएसँगै नेपाली बजारमा समेत मूल्य बढेको हो।
सुनसँगै चाँदीको मूल्य समेत आज बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावसँगै नियमित रुपमा समायोजन हुँदै आएको व्यवसायीहरूको भनाइ छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक सुनचाँदीको मूल्य अर्थ सरोकार डटकममा नियमित रूपमा ‘अटो अपडेट’ हुँदै आएको जानकारी गराएको छ।

