

गण्डकी प्रदेशसभा : सांसद जुग्जालीद्वारा रोष्ट्रममै बजेट पुस्तिका च्यातिने घटना

पोखरा — गण्डकी प्रदेशसभामा सोमबार एक असामान्य दृश्य देखिएको छ। नेकपा माओवादी केन्द्रका सांसद रेशम बहादुर जुग्जालीले बजेटमा पूर्वाग्रह भएको आरोप लगाउँदै रोष्ट्रममै बजेट पुस्तिका च्यातेर विरोध जनाएका छन्।
पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका जुग्जालीले भौतिक पूर्वाधार मन्त्रालयको वार्षिक विकास कार्यक्रममाथिको छलफलको क्रममा उक्त कदम चालेका हुन्। उनले वर्तमान बजेटले म्याग्दी लगायतका जिल्लालाई न्यून प्राथमिकता दिएको बताउँदै आपत्ति जनाएका थिए।

