

‘माग्ने राजा’ मा केदार घिमिरे मुख्य अवतारमा, फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अब मुख्य पात्रका रूपमा पर्दामा देखा पर्न लागेका छन्। उनी अभिनीत चलचित्र ‘माग्ने राजा’ को फस्टलुक पोस्टरसहित रिलिज मिति सार्वजनिक गरिएको छ।
चलचित्र भदौ ६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने घोषणा गरिएको हो।
शुक्रबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित विशेष कार्यक्रममा कलाकारहरूले चलचित्रको पोस्टर सार्वजनिक गरे। कार्यक्रमको आकर्षण बनिरहेका केदार घिमिरेलाई ‘माग्ने राजा’को अवतारमा सिँहासनजस्तो कुर्सीमा बसालिएको थियो, जहाँ उनी पोस्टरकै भेषमा प्रस्तुत भएका थिए।
भदौ ६ मा आउने ‘माग्ने राजा’, केदारको पहिलो मुख्य भूमिक
चलचित्रको निर्देशन ऋषि लामिछानेले गरेका छन् भने निर्माण आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेले गरिरहेका छन्। पटकथा सामीप्यराज तिमल्सेना र छायांकन नरेन्द्र मैनालीको रहेको छ।
फिल्ममा केदारसँगै वर्षा शिवाकोटी, शारदा गिरी, विल्सनविक्रम राई, शिशिर वाङदेल, मिस पबी र पुष्कर गुरुङको अभिनय रहेको छ।
केदार घिमिरेका लागि यो चलचित्र विशेष छ, किनभने उनी पहिलोपटक कुनै फिल्ममा मुख्य पात्रको रूपमा प्रस्तुत हुँदैछन्। ‘मेरी बास्सै’ तथा ‘छक्का पञ्जा’ जस्ता सफल प्रोजेक्टहरूमा सहायक भूमिकामा देखिँदै आएका केदार पछिल्लो समय व्यंग्य र सामाजिक सन्देशसहितका स्वतन्त्र फिल्ममा रुचि देखाउँदै आएका छन्।
‘माग्ने राजा’ले हास्यव्यङ्ग्यको माध्यमबाट सामाजिक यथार्थ प्रस्तुत गर्ने लक्ष्य लिएको बता
इएको छ।

