

२५ सय रुपैयाँले घट्यो सुनको मूल्य

- नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटाएर १ लाख ९५ हजार रुपैयाँ तोकेको छ।
- सुनको भाउ वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँको रेकर्ड बनेको छ।
- चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर २ हजार १६० रुपैयाँमा झरेको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एकलाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन प्रतितोला एकलाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर दुईहजार १६० रुपैयाँ कायम छ । सोमबार चाँदी प्रतितोला दुईहजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।

