

अरुण गाउँपालिकामा १० दिने IT Training Program सम्पन्न

भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा १० दिने IT Training Program सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिका आर्थिक सहयोग तथा Genese Solution, ललितपुर को प्राविधिक सहकार्यमा सञ्चालन भएको थियो ।
गत फागुन २७ गतेदेखि सञ्चालन भएको उक्त तालिम अरुण गाउँपालिकाको उपाध्यक्ष विनिता ढकालज्यूको अध्यक्षता तथा संविधानसभा सदस्य लोकमणि ढकालज्यूको प्रमुख आतित्थ्यता मा सम्पन्न भएको हो। समापन कार्यक्रममा वडा नं। ५ का वडाध्यक्ष युवराज ढकाल, श्री विश्वप्रेमी मा।वि। का प्रधानाध्यापक, अरुण गाउँपालिकाका कर्मचारी, तालिमका प्रशिक्षकहरू तथा विभिन्न वडाबाट आएका २५ जना सहभागीहरूको उपस्थिति रहेको थियो।
१० दिनसम्म सञ्चालन भएको यस तालिमले सहभागीहरूलाई सूचना प्रविधि सम्बन्धी ज्ञान र सीप हस्तान्तरण गर्ने उद्देश्य राखेको थियो। तालिममा सहभागिहरूले डिजिटल प्रविधि, कम्प्युटर प्रणाली, आधारभूत प्रोग्रामिङ, तथा इन्टरनेट सुरक्षासम्बन्धी विषयहरूमा व्यावहारिक प्रशिक्षण प्राप्त गरेका छन्।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पालिका उपाध्यक्ष ढकालले यस्ता सीपमूलक तालिमहरूले डिजिटल युगसँग तालमेल मिलाउन सहयोग गर्ने भन्दै आगामी दिनमा अझै प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे। उपाध्यक्ष ढकालले गाउँपालिकाले स्थानीय युवाहरूलाई प्रविधिसँग जोड्ने प्रयास गरिरहेको बताउँदै प्रशिक्षण सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिन्।
प्रशिक्षण अवधिभर निरन्तर योगदान दिने प्रशिक्षकहरूलाई विशेष सम्मान गरिएको थियो। सहभागीहरूले पनि तालिम अत्यन्तै उपयोगी भएको प्रतिक्रिया दिँदै आगामी दिनमा थप उन्नत तालिमहरूको अपेक्षा राखेका छन्।
#अरुण गाउँपालिका

