

अदालत प्रति लक्षित गर्दै सक्छौ , भने राजद्रोहको मुद्दा हाल :विचार अध्यक्ष कुमार थापा

काठमाडौँ। लेखक कुमार थापाले जनयुद्ध दिवसका अवसरमा आफ्नो विचार सार्वजनिक गर्दै क्रान्तिकारी संघर्षको महत्त्व र जनताको आवाजको समर्थन गरे। उनले जनताको आवाज दमन गर्ने र क्रान्तिकारी आन्दोलनलाई दबाउन राज्यले गरेको प्रयासको विरोध गर्दै भने, हामी डराउने छैनौँ, झुक्ने छैनौँ, पछाडि हट्ने छैनौँ।
थापाले यस समयमा जनयुद्धले उत्पीडनमा परेका नागरिको अधिकार स्थापित , राजनीतिक ,सामाजिक परिवर्तनको पक्षमा र राज्यको दमनको विरुद्ध दृढ विरोध प्रकट गर्दै विचारको स्वतन्त्रता र जनताको अधिकारको पक्षमा बलियो आवाज उठाए। नेकपा (माओवादी केन्द्र ), क्षेत्रीय कमिटी “क”का सचिव कुमार थापाले जनयुद्धको संघर्षलाई कुनै एक दलको स्वार्थसँग नजोडी, यसलाई जनताको पक्षमा भएको बिद्रोह र अन्याय विरुद्धको महासंग्रामको रूपमा प्रस्तुत गरे।
उनले स्पष्ट रूपमा भने, यदि तिमीलाई सामर्थ्य छ भने फाँसी देऊ , तर विचारलाई कैद गर्न सक्दैनौ। थापाले जनयुद्ध दिवस मनाएकै कारणले राजद्रोहको मुद्दा लगाउने प्रयास गरेमा विरोध गर्दै भने, गर, हामी झुक्ने छैनौँ, डराउने छैनौँ, पछाडि हट्ने छैनौँ। उनले सरकारलाई चेतावनी दिँदै भने, जनताको बलिदानमाथि हस्तक्षेप गर्ने तिम्रो नियत देखिसक्यौँ, तिम्रो षड्यन्त्र बुझिसक्यौँ।
हामीलाई जेल हाल्न सक्छौ, तर चेतनालाई जन्जिरले बाँध्न सक्दैनौ। यदि तिम्रो हिम्मत छभने फाँसीको सजाय सुनाउ—हामी मर्न तयार छौँ, तर विचार बेच्न तयार छैनौँ, थापाले दृढतासाथ भने। उनले यस संघर्षलाई व्यक्तिको सनक वा कुनै दलको स्वार्थसँग जोड्न नहुने बताएका छन्,यो अन्यायविरुद्धको महासंग्राम हो। जनताको रगतले यो क्रान्ति सिंचिएको छ। हाम्रो पाइलालाई जेलका पर्खालले रोके पनि, हाम्रो सोचलाई रोक्न सक्दैनौ। तिमीले चलाउने हतियारभन्दा हाम्रो सपना ठूलो छ।
तिमीले दिने सजायभन्दा हाम्रो संकल्प बलियो छ, थापाले भने। उनले चेतावनी दिँदै भने, यदि तिम्रो शासनले जनताको आवाज कुन्ठित गर्न खोज्छ भने, त्यो आवाज आगो बन्छ, क्रान्ति बन्छ, परिवर्तनको ज्वारभाटा बन्छ। हिम्मत छ भने, जेल हाल, साहस छ भने, फाँसी दे। तर बुझेर राख—हामी लड्न जन्मिएका हौँ, लडेर जित्न जन्मिएका हौँ।

