

उड्डयन प्राधिकरणले माग्यो करारमा कर्मचारी

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार करारमा नियुक्ति गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ । प्राविधिक, समूहः ए.ट्रा.स., तह स् सातौँ, पद : वरिष्ठ अधिकृतमा २५ जना कर्मचारी माग गरेको हो ।
स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवामा नियुक्ति गरिने प्राधिकरणले जनाएको छ ।
योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले २१ (एक्काइस)दिनभित्र दरखास्त फाराम भर्न सूचनामा उल्लेख गरिएको छ ।

