

नेवानिले तिर्यो असोज मसान्तसम्मको खरिद बापतको ५३ करोड ऋण किस्ता

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज किन्दा लिएको ऋणको असोज महिनासम्मको किस्ता बुझाएको छ।
निगमले दुई न्यारोबडीको पूरा र दुई वाइडबडीको आंशिक गरी रकम बुझाएको छ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेको दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ताबापतको ५३ करोड नौ लाख ५५ हजार २८१ रूपैयाँ बुझाएको हो।
यससँगै निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रूपैयाँ किस्ता रकम भुक्तानी गरेको छ।
विश्वव्यापी कोरोना भाइरस महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेको अवधिको ब्याज, ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गर्न निगमले माग गरेको छ।
्

