

पूर्वमन्त्री श्रेष्ठको निधन

काठमाडौँ । पूर्वमन्त्री डम्बर श्रेष्ठको निधन भएको छ ।
क्यान्सरबाट पीडित उनको चितवनस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको हो । नेकपा मालेको स्थायी कमिटीका परामर्शकारी सदस्य समेत रहेका थिए । नेकपा एमालेले बुधबार एक शोक वक्तव्य जारी गर्दै उनको निधनले स्तब्ध भएको जनाएको छ ।
‘कमरेड डम्बरको निधनले पार्टीले एउटा जिम्मेवार नेता र नेपालको श्रमजीवी वर्गले एउटा भरपर्दो क्रान्तिकारी साथी गुमाएको छ । यो अपूरणीय क्षति हो’, महासचिव सिपी मैनालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

