

सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनायो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो ।
अघिल्लो दिनको तुलनामा भने आज सुन प्रतितोला १३०० रुपैयाँले बढेको छ । उक्त दिन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १९२५ रुपैयाँ रहेको चाँदी यस दिनका लागी १९५० कायम भएको छ भने असोज २० गते चाँदी १९८५ रुपैयाँसम्म पुगेको रेकर्ड रहेको महासंघले जनाएको छ ।

