

‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

काठमाडौँ । भदौ ७ गतेबाट रिलिज हुने फिल्म ‘सतीदेवी’ को ट्रेलर सार्वजनिक भएको छ।
काठमाडौंमा आयोजित कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा पितृसत्तात्मक सोचका कारण समाजमा महिलाले भोग्नुपरेको पीडालाई देखाइएको छ।
छोरा पाउने आशमा छोरी जम्माइरहने र छोरा नहुँदा परिवार र समाजले गर्ने तुच्छ व्यवहारलाई पनि ट्रेलरले व्यङ्ग्य गर्छ। अभिनेत्री मलिका महत फिल्ममा सतीदेवीको भूमिकामा छिन्।
लक्ष्मण सुवेदी निर्देशित यस फिल्ममा मलिकाका साथै भोलाराज सापकोटा, कुलदीप अधिकारी, हर्षिका वली, सिर्जना अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी र मनिषा सापकोटाले अभिनय छ।
रिलिजअगावै थुप्रै अवार्ड जितिसकेको यो फिल्म दिलासा र साराको ब्यानरमा निर्माण भएको हो। फिल्ममा सुवेदीकै निर्माण र लेखन छ।
सामाजिक कथामा निर्माण भएको चलचित्रले देशमा जति नै परिवर्तन आए पनि परिवर्तित हुन नसकेको महिलाको कथालाई विषय बनाएको छ।
बाबुछोरीको कथासमेत भन्ने चलचित्रले समाजमा हुने छोराको चाहना, छोरीको महत्त्वलगायत विषय देखाउने निर्देशक सुवेदीले बताए।

