

नेपालले आज राति इङल्याण्डको‘सी’ टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौँ : फिफा विश्वकप तथा एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज राति इङल्याण्डको ‘सी’ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा हुने खेल राति पौने ९ बजे सुरु हुनेछ।
मैत्रीपूर्ण खेल अघि नेपाली टोलीले त्यहाँको ब्रिटीश आर्मी टोलीसँग पहिलो अभ्यास खेल खेलेको थियो। सो खेल गोलरहित बराबरीमा सकिएको थियो।
भिषा समस्याका कारण खेलाडीले इङल्याण्ड जान सास्ती व्यहोर्नु परेको थियो।
अन्तिम टोली
गोलरक्षकः किरण कुमार लिम्बु, अविशेक बराल, विशाल सुनार
डिफेन्डरः छिरिङ लामा, सनिस श्रेष्ठ, अविशेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द
मिडफिल्डरः फत्तेमान घले, मनिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लाकेन लिम्बु
फरवार्डः दिनेश हेन्जन, अञ्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जिव विष्ट

